युनियन हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला

Advertisement

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत अर्थात सात करोड ५० लाख रुपियाँको सात लाख ५० हजार कित्ता सेयर आइपीओमा जारी गरेको हो ।

युनियन हाइड्रोपावर कम्पनीको जारी पुँजी ७५ करोड रुपियाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आइपीओ जारी गरेपछि अब बाँकिको २९ करोड १२ लाख ५५ हजार रुपियाँको सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपियाँको दरमा आइपीओ जारी गरेको छ । लगानीकर्ताहरुले उक्त आइपीओमा न्युनतम ५० कित्तादेखी अधिकतम तीन हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् । कम्पनीको आइपीओमा आवेदन दिने म्याद छिटोमा साउन २८ र ढिलोमा भदौ १२ सम्म रहेको छ ।

उक्त आयोजनाको तीन दशमलव तीन मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । यो आयोजना मिदिम खोला (कपुर) जलविद्युत आयोजनाको नामले सञ्चालित रहेको छ । आयोजनाले गत माघदेखि व्यापारीक उत्पादन गर्दैआएको छ । यस आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार सात सय ४५ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement