नेपालको उर्जा क्षेत्रमा बिओटी मोडलमा लगानी गर्न इजरायल इच्छुक

Advertisement

काठमाडौं । इजरायली राजदूत बेन्नी ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताएका छन् । उर्जामन्त्री बर्षमान पुनसँग सोमबार भएको भेटमा उनले उर्जामा लगानीको लागि इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागि नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

ओमेरले भने, ‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ । त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौ ।’ उनले विओटी (निर्माण, सञ्चालन र हस्तान्तरण) मोडलमा काम गर्न इजरायल इच्छुक रहेको बताए ।

भेटमा मन्त्री पुनले इजलायली लगानीकर्ताहरुलाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने बाताबरण बनाइदिन आग्रह गरे । उनले लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए ।

Advertisement

Advertisement

Advertisement