निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ खर्ब ३० अर्ब भन्दा बढी निक्षेपको सुरक्षण गर्यो

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आर्थिक वर्ष २०७४–७५ मा चार खर्ब ३० अर्ब ७३ करोड ९२ लाख रुपियाँ निक्षेप सुरक्षण गरेको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय सात दशमलव ६८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७३–७४ मा कोषले तीन खर्ब ८१ अर्ब ८९ करोड एक लाख रुपियाँको निक्षेप सुरक्षण गरेको थियो ।

सबै भन्दा बढी वाणीज्य बैंकहरुको निक्षेप सुरक्षण गरेको कोषले जनाएको छ ।

यस अवधिमा वाणिज्य बैंकमा रहेको तीन खर्ब ५८ अर्ब ३८ करोड ६९ लाख रुपियाँ र विकार बैंकको ६३ अर्ब २१ करोड ९४ लाख रुपियाँ निक्षेप सुरक्षण गरेको छ ।

यसैगरी ‘ग’ वर्गका फाइनान्स कम्पनीका आठ अर्ब ३३ करोड २६ लाख रुपियाँ र ‘घ’ वर्गका लघुवित्त संस्थाका ८० करोड तीन लाख रुपियाँ निक्षेप सुरक्षण गरेको छ ।

Advertisement

Advertisement

Advertisement