मेगा बैंकका ग्राहकहरुलाई ग्राण्डी अस्पतालले विशेष छुट दिने

Advertisement

काठमाडौं । मेगा बैंक र ग्राण्डी अस्पतालबीचसेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीले सोमबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई अस्पतालले बिभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गर्नेछ । जसअनुसार बैंकका ग्राहकहरुले १५ सय रुपियाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् ।

प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् । यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे सात प्रतिशत छुट पाउने भएका छन् ।

ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिकरुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहक र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।

Advertisement

Advertisement

Advertisement