पुँजी बढाउन बीमा समितिले दिएको निर्देशन मेटलाइफद्धारा अस्वीकार

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुको नियामक बीमा समितिले २०७५ असारसम्म दुई अर्ब रुपियाँ पुँजी पुर्याउन दिएको निर्देशन मेटलाइफ इन्स्योरेन्स कम्पनीले अस्वीकार गरेको छ ।

कम्पनीले बीमा समितिलाई पत्र लेखेर पुँजी बढाउन नसकिने स्पष्ट पारेको छ । उसले आफूहरु पूर्ण विदेशी लगानीको कम्पनी भएकोले पुँजी बढाउन बाध्यकारी नरहेको तर्कसहितको पत्र लेखेको छ । कम्पनीले बिमितहरुको रकम सुरक्षित रहेको भन्दै चिन्ता नलिन पनि समितिलाई आग्रह गरेको छ ।

समितिले पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउने बताइसकेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विभिन्न सञ्चार माध्यमलाई दिएको प्रतिक्रिया दिँदै बीमा कम्पनीहरुले तोकिएको पुँजी पुर्याउन दिएको प्रारम्भिक समय सकिएको र अब दुई पटक गरेर छ महिनासम्म समय थप्ने सुबिधा रहेको भन्दै समितिको निर्णय सबै बीमा कम्पनीले पालना गर्नैपर्ने बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement