मुक्तिनाथ अधिक नाफा कमाउने विकास बैंक, महालक्ष्मी दोस्रो नम्बरमा

Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंक गत आर्थीक बर्षमा सबैभन्दा बढि नाफा कमाउने विकास बैंक भएको छ । हालसम्म गत आर्थिक वर्षको वित्तिय विवरण प्रकाशन गर्ने १७ वटा बिकास बैंकहरुमध्यमा मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढि देखिएको हो ।

मुक्तिनाथले गत आवमा ५७ करोड ५४ लाख रुपियाँ नाफा गरेको छ । मुक्तिनाथ विकास बैंकलाई पछ्याउँदै दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको नाफा मुक्तिनाथको भन्दा डेढ करोड मात्रै कम छ । अघिल्लो वर्ष महालक्ष्मीको नाफा मुक्तिनाथको भन्दा चार करोड रुपियाँले कम थियो। महालक्ष्मीले गत आवमा ५६ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ।

यसै गरि कैलाश विकास बैंक, गण्डकी विकास बैंक र गरिमा विकास बैंक धेरै नाफा कमाउने विकास बैंकको सूचिमा तेस्रो, चौथो र पाँचौ नम्बरमा रहेका छन् । गत आवमा कैलाशले ५५ करोड ३२ लाख, गण्डकीले ५० करोड १८ लाख र गरिमाले ४३ करोड ७८ लाख रुपियाँ नाफा कमाएका छन् ।

हालसम्म जारी भएको वित्तीय विवरण अनुसार सबै भन्दा धेरै प्रतिशतले नाफा बृद्धि गर्ने विकास बैंकमा लुम्विनी विकास बैंक परेको छ। बैंकले अघिल्लो आवको तुलनामा गत आवमा आफ्नो नाफा १२९ प्रतिशतले बढाएको छ।

त्यस्तै प्रतिशेयर आम्दानीका हिसावले गत वर्ष साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंक अगाडी देखिएका छन्। उनीहरुको प्रतिशेयर आम्दानी २३ रुपियाँ रहेको छ। सबैभन्दा धेरै नाफा गरेको मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी भने २२ रुपियाँ रहेको छ।

Advertisement

Advertisement

Advertisement