राजविराज नगरपालिकाको बजेट ७४ करोड

Advertisement

राजविराज । राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल ७४ करोड नौ हजार ४२ रुपियाँको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले चालूतर्फ ४२ करोड दुई लाख ५० हजार रुपियाँ र पुँजीजीगततर्फ ३१ करोड ९७ लाख ५९ हजार चार सय ४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताए ।

गत आर्थिक वर्षको कूल बजेट ६१ करोड ७२ लाख ११ हजार ६९ रुपियाँमध्ये चालूतर्फ २१ करोड ४१ लाख ५५ हजार रुपियाँ र पूँजीगततर्फ १४ करोड ८० लाख ६६ हजार तीन सय ८५ खर्च भएको थियो ।

सामाजिक सुरक्षातर्फ सात करोड ४३ लाख ८८ हजार रुपियाँ, उपदानतर्फ एक करोड ३९ लाख ९० हजार नौ सय ९६ रुपियाँ खर्च भएको थियो भने खर्च हुन नसकेको १३ करोड ८४ लाख २५ हजार आठ सय ९६ रुपियाँ चालू आर्थिक वर्षमा खर्च गर्ने गरी सारिएको नगर नगरप्रमुख यादवले जानकारी दिए ।

उनले चालू आर्थिक वर्षमा नागरिकता सिफारिस दस्तुर पूरै मिनाहा गरिएको र सवारीसाधन कर छुट गरिएको पनि बताए ।

जसअनुसार टाँगा, रिक्सा, अटोरिक्सा तथा इ–रिक्साबाहेक अन्य सवारीसाधनमा पूर्णरुपले कर छुट भएको छ भने मदिरा व्यवसाय, स–मिल, इँटा उद्योग, सुर्तीजन्य उद्योग व्यवसायमा करको साविक दरमा ५० प्रतिशतले वृद्धि भएको छ ।

अन्य व्यवसायको साविक दरमा २५ प्रतिशत, बिटौरी दस्तुरमा ५० प्रतिशत, कवाडी व्यवसायमा वार्षिक दुई हजार पाँच सय रुपियाँ, बहाल कर १० प्रतिशतले वृद्धि गरेको नगरपालिकाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement