न्यूनतम पारिश्रमिकले श्रमिकको दुई छाक राम्रोसँग चल्ने मन्त्री बिष्टको दाबी

Advertisement

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताएका छन् ।

संयुक्त ट्रेड युनियनद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन कायम गर्न र जनताका सुधारका पक्षमा काम गरिरहेको बताए ।

श्रमिकले दुई छाक राम्रोसँग पेट पाल्ने किसिमका न्यूनतम पारिश्रमिक लागू गरेको र अब श्रमिकले सामाजिक सुरक्षासहित करीब मासिक रु १६ हजार पारिश्रमिक पाउने जानकारी दिँदै मन्त्री बिष्टले अगामी दुई महिना भित्रमा योगदानका आधारमा श्रमिकले सुविधा पाउने धारणा व्याक्त गरे ।

श्रमिकले बैंक खाताबाट भुक्तानी गर्नुपर्ने निर्णय सबैले पालना गर्नुपर्ने भन्दै उहाँले श्रमिकले श्रमिक हितका लागि दिएको सुझावलाई उच्च प्राथमिकता दिने बताए ।

सो अवसरमा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारको समृद्धिको यात्रालाई पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने भन्दै श्रमिकले उत्पादनमा बढी केन्द्रित भएर काम गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रम श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सचिव महेश दाहालले रोजगारदाता र श्रमिकबीच छलफल गरेर ल्याएको श्रम ऐन प्रभावकारी हुने बताए ।

Advertisement

Advertisement

Advertisement