एनआइसी एशियाको नाफा झण्डै डेढ अर्ब, १६ प्रतिशतले बृद्धि

Advertisement

काठमाडौं। एनआइसी एशिया बैंकले गत वर्ष एक अर्ब ४९ करोड रुपियाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष एक अर्ब २८ करोड रुपियाँ नाफा आर्जन गरेको थियो। बैंकले गत वर्ष नाफा १६ प्रतिशतले बढाएको हो।

बैंकले गत वर्ष गत वर्ष निक्षेप संकलनमा ७४ प्रतिशत र ऋण लगानी ६६ प्रतिशतले बृद्धि गरेको छ । निक्षेप संकालन र कर्जा प्रवाहको आधारमा बैंकको नाफा बृद्धि न्यून हो । उच्च व्याजदरको प्रभावले ब्याज खर्च बढेसँगै बैंकको नाफा खुम्चिएको हो ।

बैंकको चुक्ता पूँजी १९ प्रतिशतले बढेसँगै प्रतिशेयर आम्दानी तीन रुपैयाँले घट्न गएको छ।

बैंकले चुक्ता पूँजी ६ अर्ब ६९ करोड रुपैयाँबाट ८ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा चार अर्ब १९ करोड रुपियाँ जम्मा भएको छ। आधार दर नबढे पनि बैंकको स्प्रेड दर ३.२७ प्रतिशतबाट ५.१ प्रतिशत पुगेको छ।

बैंकले एक खर्ब ५१ अर्ब रुपियाँ निक्षेप संकलन र १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । ब्याज खर्च ९ अर्ब ३३ करोड रुपियाँ छ भने व्याज आम्दानी १३ अर्ब २९ करोड रुपियाँ रहेको छ।
बैंकको खराव कर्जाको प्रतिशत ०.३६ बाट घटेर ०.०६ मा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement