पूर्वसाँसद एवँ काँग्रेस नेता कृष्णकुमार जोशीको निधन

Advertisement

काठमाडौं । पूर्व साँसद एवं काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णकुमार जोशीको मंगलबार दिउसो ३ बजे आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको छ । उनी ७३ बर्षका थिए ।

विसं. २०४८ सालमा बैतडी क्षेत्र नं. ३ बाट विजयी जोशी २०४५ सालपछि काँग्रेस केन्द्रीय समितिमा समेत थिए । विगत चार बर्षदेखि विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका उनको आज निधन भएको छ ।

जोशीको बुधबार अन्त्यष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । जोशीका दुई छोरा र तीन छोरी छन् ।

Advertisement

Advertisement

Advertisement