दोलखावासीलाई आजबाट अपर तामाकोशीको सेयर, यसपछिको पालो सर्वसाधारणको

Advertisement

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखालीका लागि बुधबारदेखि दुई अर्ब ६४ करोड रुपियाँ बराबरको साधारण बिक्री खुल्ला गर्दैछ ।

यसअघि लगानीकर्ता संस्थाका कर्मचारी एवं सञ्चयकर्ताहरुको लागि सेयर वितरण गरिसकेको अपर तामाकोशीले दोस्रो चरणमा दोलखावासीलाई सेयर वितरण गर्न लागेको हो । स्थानीयहरुलाई सेयर वितरण गर्ने कुरामा पटक पटक अवरोध र विवाद हुँदै आएको थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । आजदेखि तोकिएको संकलन केन्द्रहरुबाट लगानीकर्ताले सेयर भर्न पाउनेछन् ।

दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणलाई सेयर वितरण गरिनेछ । कम्पनीले कुल कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता अर्थात १० प्रतिशत आयोजना प्रभावित स्थानीयलाई र १५ प्रतिशत अर्थात एक करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ।

Advertisement

Advertisement

Advertisement