मेक्सिकोमा ठूलो विमान दुर्घटना, तर, सबै यात्रु जीवितै

Advertisement

डुराङ्गो, मेक्सिको । उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा सवार सबै ९७ जना यात्रु सामान्य घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

डुराङ्गोबाट मेक्सिको सिटीका लागि उडान भर्न लागेको एरोमेक्सिको कम्पनीको उक्त विमान स्थानीय समयानुसार मङ्गलबार अपराह्न ३ बजे दुर्घटनाग्रस्त भएको थियो । एयरलाइन्सका महानिर्देशक आदे्रस कोनेसाले पत्रकार सम्मेलन गरी विमानमा चारजना चालक दलका सदस्य, ८८ जना पुरुष, ९ जना केटाकेटी र २ जना शिशु रहेको जानकारी दिनुभयो ।

उडान नं एएम२४३१ को यस दुर्घटनामा सबै व्यक्ति जीवितै रहेको डुराङ्गोका गभर्नर जोसे रोसास्ले पुष्टि गर्नु भएको छ । यस दुर्घटनामा एक पाइलटको मेरुदण्डमा समस्या आएको र एक बालिकाको २५ शरीर जलेर गम्भीर घाइते भएको गभर्नर रोसास्ले जानकारी दिए ।

दुर्घटनापछि कूल ९७ जना उपचारको लागि अस्पताल भर्ना भएका र तीमध्ये प्रायः सामान्य रुपमा मात्र घाइते भएका गृह मन्त्रालयका प्रवक्ता एलेक्जान्द्रो कार्डोजाले बताउनुभयो । कार्डोजाका अनुसार भीषण वर्षाको कारण विमान चालकले आकस्मिक अवतरण गर्न खोजेको र सोही अवस्था विमानमा आगलागी भएको थियो ।

Advertisement

Advertisement

Advertisement