रामेछापको साँघुटारमा राष्ट्रिय वाणिज्य बैकको शाखा

Advertisement

काठमाडौं । रामेछापको साँघुटारमा राष्ट्रिय वाणिज्य बैकको २०५औं शाखा कार्यालय सञ्चालनमा आएको छ । शाखाको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बुधबार उदघाटन गरे ।

सो अवसरमा ढुङ्गेलले स्थानीय जनताहरुले नयाँ शाखासँग कारोबार गरी व्यवसायिकमुखी किसिमले कृषि उत्पादन गरेर फाइदा लिनु सक्नुपर्नेे बताए । रामेछापका प्रदेश सांसद शान्ति पौडेल, पूर्व सासंद रामहरि खतिवडा, बैंकका नायब महाप्रवन्धक उद्धब खनाललगायतको कार्यक्रममा उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement