एनआईसी एसिया र रिलायवल नेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंक र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका ग्रहक हरुले बैंकको सबै दुई सय ३३ वटा शाखाहरुबाट रिलायवल लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउन सक्नेछन् । सम्झौतामा बैंकको तर्फबाट बैंकका कामु कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले दुईसय ३३ शाखा कार्यालय, दुई सय २२ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement