छक्कापञ्जालाई पछाडि पार्दै ‘रोडिज’ पुग्यो ट्रेन्डिङ नम्बर एकमा

Advertisement

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको हिमालय रोडिजको पहिलो एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।

रोडिजको दोस्रो सिजन अन्तर्गतको पहिलो श्रृङखला सोमबारदेखि हिमालय टीभीमा प्रसारण सुरु भएको थियो । हिमालय रोडिजको अफिसियल च्यानलमा अपलोड भएको दुई दिनमै यो श्रृङ्खला नेपालभित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको हो ।

१८ श्रृङ्खला प्रसारण हुने कार्यक्रम हिमालय टीभीमा हरेक सोमबार साँझ ८ बजे प्रसारण हुन्छ । युवापुस्ता लक्षित यो कार्यक्रम एमटीभी इन्डियाको फ्रेन्चाइज रियालिटी सो हो ।

नेपालभित्र ट्रेन्डिङको दोस्रो नम्बरमा छक्कापञ्जा ३ को नयाँ गीत रहेको छ ।

Advertisement

Advertisement

Advertisement