आयोजना प्रभावित क्षेत्रका लागि आँखुखोलाको आईपीओ आजबाट

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले बिहिवारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि साधारण सेयर (आईपीओं) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत आइपी जारी गरेको हो ।
कम्पनीका आनुसार आयोजनाको कार्यालय र १५ वटा वित्तीय संस्थासहित धादिङको १६ स्थानबाट आवेदन दिन सकिने छ ।

यो जलविद्युत आयोजनाले १ सय रुपियाँ अंकित दरका ८ लाख कित्ता शेयर अर्थात ८ करोड रुपियाँ बराबरको आईपीओ जारी गरेको हो ।

आइपीओको आवेदन छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म भर्नुपर्ने छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ।

पहिलो चरणमा स्थानीयबासिन्दालाई बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने पनि यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ८० करोड रुपियाँ पुग्ने छ । कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

२०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपियाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपियाँ पुगेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।

यो जलविद्युत कम्पनी पछिल्लो तीन वर्षमा निरन्तर घाटामा गएको छ । यसको गत वर्षको घाटा २३ करोड रुपियाँ छ । यो कम्पनीले अझै ३ वर्ष नाफा गर्न नसक्ने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement