छवी बिना जम्न सकिनन् शिल्पा

Advertisement

अभिनेत्री शिल्पा पोखरेल, निर्माता छविराज ओझाको ब्यानर बाहिरको चलचित्रमा असफल देखिएकी छिन् । ओझाले निर्माण गरेका हवल्दार सुन्तली, किस्मत २ हुँदै मंगलम् फिल्ममा राम्रै चर्चा बटुलेकी शिल्पा बाहिरी ब्यानरमा भने असफल भएकी छिन्।

ओझाले निर्माण गर्ने पछिल्ला हरेक फिल्ममा प्रमुख भूमिकामा रहँदै आएकी उनलाई चलचित्रमा डेब्यू पनि निर्माता ओझाले नै गराएका हुन् । लज्जा शिल्पाको डेब्यु फिल्म थियो ।

छविराज ओझाबाहेक चिनेजानेका ठूला ब्यानरले उनलाई अझै पत्याउन सकिरहेका छैनन् । शिल्पाले फागुु, बृन्दावना, वीराङ्गना, हामी शरणार्थी फिल्म गरिन्, जुन छविराजले निर्माण गरेका थिएनन् ।

यी कुनै पनि फिल्मले बक्सअफिसमा माखो मारेनन् । आखिर किन बाहिरी ब्यानरमा चल्न शिल्पालाई सकस भइरहेको छ ?कतै स्क्रिप्ट छनौटमा त चुकिरहेकी छैनन् उनी ? वा, पैसाका लागि जुनसुकै फिल्म गरिरहेकी छन् ?

उनलाई बाहिरी ब्यानरका फिल्म छविराजको सिफारिसमा मिलिरहेको समेत सिनेवृतमा चर्चा छ । यसमा कति सत्यता छ ? त्यो त उनी नै जान्दछिन् ।

छविराज ओझाले निर्माण गर्ने फिल्मभन्दा बाहेक गिनेचुनेका ब्यानरले नपत्याउनु र बल्लतल्ल पाएका बाहिरी ब्यानरका फिल्मले सिन्को पनि नभाँच्नु आफैंमा रोचक छ ।

यसकारण पनि उनलाई अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न अझै मुश्किल परिरहेको छ । अन्य ब्यानरका निर्देशकहरुले शिल्पाकै कारणले चलचित्र राम्रो नचलेको गुनासो गरेका छन् । शिल्पाले अन्य ब्यानरका चलचित्रको प्रवर्दनात्मक कार्यका लागि समय उपलब्ध नगराउनु पनि ती चलचित्रहरुको असफलताको कारण भएको बताउछन् । पछिल्लो समय चलचित्र बिराङ्गना प्रवर्दनको कार्यमा शिल्पाले समय उपलब्ध नगराएपछि बिराङ्गनाका निर्देशक राज बहादूर सानेले शिल्पालाई हाम्रो श्राप लाग्छ भनेका थिए ।

Advertisement

Advertisement

Advertisement