सेयर बजार ओरालो लाग्ने क्रम जारी, बाणिज्य बैंक समूहमा भने सामान्य सुधार

Advertisement

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ५६ अंकले घटेर एक हजार १९१ कायम रह्यो भने २० करोड ७९ लाख रुपियाँको मात्रै सेयर किनबेच भयो ।

कारोबारको प्रारम्भमा करिव साढे ११ बजे एक हजार १९५ सम्म पुगेको नेप्से पछि पुनः ओरालो लागेको हो । आज १६२ वटा कम्पनीको सेयर कारोबार भएकोमा सानिमा माई हाइड्रोपावर कम्पनी एक्लैको तीन करोड २८ लाख रुपियाँको सेयर खरिद बिक्री भयो । त्यसपछि सिभिल बैंकको संस्थापक सेयर, ग्लोबल आइएमई बैंक र लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड रुपियाँभन्दा बढिको कारोबार भयो ।

बाणिज्य बैंक समूह र उत्पादनमूलक समूहको सेयरमा सामान्य सुधार भए पनि बाँकी समूहको उपसुचक भने घटेको छ । आज धेरै नाफा गर्नेमा वेष्ट फाइनान्स अगाडि छ भने धेरै घाटा खानेमा सिटी एक्सप्रेस फाइनान्स छ ।

Advertisement

Advertisement

Advertisement