तनहुँमा सात सय ८८ नयाँ उद्योग

Advertisement

तनहुँ । आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा सात सय ८८ नयाँ उद्योग दर्ता भएका छन् ।

उक्त कार्यालयले दिएको जानकारी अनुसार पाँच ९३ साना उद्योग, एक सय ४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आर्थिक वर्ष २०७३÷७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा आठ सय ६२ उद्योग दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७३÷७४ मा उक्त कार्यालयले ५६ लाख चार हजार रुपिँया तथा आर्थिक वर्ष २०७४÷७५ मा ५३ लाख ४५ हजार रुपियाँ राजश्व संकलन गरेको थियो । उद्योग नवीकरण, नामसारी, ठाउँसारी, पूँजीवृद्धि, खारेजीलगायत शीर्षकमा राजश्व संकलन गरिएको हो ।

एक लाख रुपियाँको उद्योग दर्ताका लागि एक हजार रुपियाँ, एक लाख रुपियाँदेखि तीन लाख रुपियाँसम्मको उद्योग दर्ताका लागि तीन हजार रुपियाँ, तीन लाख रुपिउाँदेखि पाँच लाख रुपियाँसम्मको उद्योग दर्ताका लागि ६ हजार रुपियाँ, पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्मको उद्योग दर्ताका लागि १२ हजार रुपियाँ, २० लाख रुपियाँदेखि एक करोड रुपियाँसम्मको उद्योग दर्ताका लागि २० हजार रुपियाँ, एक करोड रुपियाँदेखि पाँच करोड रुपियाँसम्मको उद्योग दर्ताका लागि ३० हजार रुपियाँ तथा पाँच करोड रुपियाँ भन्दा बढी लगानी भएको उद्योग दर्ताका लागि ५० हजार रुपियाँ शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिइन् ।

Advertisement

Advertisement

Advertisement