नेपालद्वारा नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती

Advertisement

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई २१७ रनको चुनौति पेश गरेको छ । नेपालले ४८ दशमलव पाँच ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । उनले नेपालका लागि छटो अर्धशतक बनाउने खेलाडीको रेकर्ड पनि राख्न सफल भए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै विकेट गुमाएपनि मध्यम स्कोर बनाउन सफल भएको हो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

यसअघि नेपालले चौथो विकेटको रुपमा दीपन्द्रसिंह ऐरीलाई १९ रनमा गुमाएको हो । दीपेन्द्र रन आउट हुन पुगे । त्यस्तै, सुवास खकुरेल १९, ज्ञानेन्द्र मल्ल १३ र अनिल कुमार शाह ४ रनमा आउट भएका थिए । त्यस्तै, रोहित पौडेल ६ रनमा आउट भएका थिए ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो ।

सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

नेपाल आफ्नो एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको डेब्यू खेलमा नै पराजित हुन पुग्यो । जित नजिक पुगेको नेपाल मिडिल अर्डर ब्याट्सम्यान नचल्दा हारको सिकार बनेको थियो । नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४१ दशमलव पाँच ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो ।

नेपालका लागि ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दै ५१ बनाएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ रनएपनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा पहिलो खेलमा हार ब्यहोरेको थियो । नेदरल्यान्ड्सलाई १८९ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए ।

Advertisement

Advertisement

Advertisement