यस्तो देखिनेछ बबरमहल र तीनकुनेको ‘आर्च ब्रिज’, राजधानीको सौन्दर्यता बढाउने

Advertisement

काठमाडौं । सडक विभागले नेपालमै पहिलो पल्ट ‘आर्च’ प्रविधिमा आधारित दुई आकर्षक पुलहरुको निर्माण कार्यलाई अगाडी बढाएको छ । काठमाडौंको माईतीघर—कोटेश्वर सडक खण्डअन्तर्गत धोवीखोला र बाग्मती नदिमा आर्च ब्रिजहरु निर्माण गर्न लागिएको हो ।

यी पुलहरुले राजधानी काठमाडौंको सौन्दर्यता बढाउने विभागको भनाई छ । फराकिलो र ग्रिनरीयुक्त माईतिघर—कोटेश्वर सडक आफैमा सुन्दर भएको र धोबीखोला तथा बाग्मती नदिमा बन्न लागेका आर्च ब्रिजहरुले यस सडकलाई झन सुन्दर बनाउने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ बताउँछन् ।

पुलको आर्च र तलतिर बिजुली बत्ती राखिने भएकाले रातमा पनि पुल आकर्षक देखिने छ । श्रेष्ठका अनुसार अन्य देशहरुमा आर्च प्रविधिको पुल नयाँ नभए पनि नेपालका लागि भने यो नितान्त नयाँ हो । उनी भन्छन्, ‘यस प्रविधिमा बन्ने पुलहरु जतिसुकै लामो भए पनि दुई छेउबाहेक बिचमा पिल्लर राख्नु पर्दैन् । यस प्रविधिमा पुलको मध्यभागको भार आर्चले बहन गर्छ । भार बहन गर्नका लागि आर्च र पुलको विमलाई ह्याङगरहरुको नेटवर्कले जोडिन्छ ।’

यी पुलहरुलाई नेटवर्क आर्च ब्रिज भनिएता पनि अरसीसी, प्रि—स्ट्रेस र आर्च तीनवटै प्रविधि प्रयोग गरिएको श्रेष्ठले जारकारी दिए । जसअनुसार पुलको पूर्ण भार विम, केबल वायर र आर्चले संयुक्तरुपमा बहन गर्नेछ ।

arch-bridge-babarmahalआयोजनाले धोबीखोला र वाग्मती पुल निर्माणका लागि क्रमसः जेइ कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । दुवै पुलहरु ‘डिजाइन यान्ड ब्यूल्ड’ मोडेलमा निर्माण हुन लागेको श्रेष्ठले बताए । दुवै पुलको डिजाईन नेपाली इन्जिनियरहरुले गरेता पनि नयाँ प्रविधि भएकाले अनुभवी बंगलादेशी कन्सल्टेन्टबाट डिजाइनको अन्तिम परीक्षण गर्न लगाइएको उनले जानकारी दिए ।

ठेक्का सम्झौताअनुसार, धोबीखोलामा हाल भएको पुलको दुवैतिर १६ मिटर चौडा र ५१ मिटर लम्वाई भएका आकर्षक आर्च ब्रिज बन्नेछन् भने वाग्मतीमा पनि अहिले भएको पुलको दुवैतिर ८५ मिटर लम्वाई र १६ मिटर चौडाईका दुई पुलहरु बन्नेछन् ।

धोबीखोलाको पुल निर्माणको लागि जेइ कन्स्ट्रक्सनसँग १३ करोड १३ लाख ८५ हजारको ठेक्का सम्झौता भएको छ भने वाग्मती पुलका लागि पप्पुसँग २१ करोडको सम्झौता भएको छ । दुवै कम्पनीसँग भएको ठेक्काको समयावधी सकिसक्दा पनि कार्य प्रगती चाहीं न्यून रहेको छ ।

नयाँ प्रविधि भएका कारण पुलको डिजइनमा नै डेढ वर्ष लागेको र त्यसपश्चात पनि ढल र खानेपानीका पाईप, बिजुलीका पोलका कारण निर्माण कार्यमा अर्को छ महिना ढिलाइ भएको श्रेष्ठले जानकारी दिए । अहिले धोबीखोलाको तल्लो साईडको पुल निर्माण अन्तिम चरणमा पुगेकाले यस पुलबाट दशैं अगाडी नै गाडी छोड्न सकिने उनले जानकारी दिए ।

श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म नेपालमा बनेका पुलहरु आरसीसी वा प्रि—स्ट्रेस प्रविधिमा अधारित भएको श्रेष्ठले बताए । आरसीसी प्रविधिको प्रयोग गर्दा हामीले २५ मिटरको दुरीमा पिल्लर राख्नुपर्ने हुन्थ्यो भने प्रि—स्ट्रेस प्रविधिमा आइपुग्दा ४० देखि ५० मिटरमा पिल्लर राखे हुनेभयो । अहिले भित्र्याइएको आर्च प्रविधिमा चाहीं बिचमा पिल्लर नै राख्नुर्पैन ।’

arch-bridge-babarmahal

 

Advertisement

Advertisement

Advertisement