परीक्षणका लागि पानी पठाउँदा सिक्टाको नहरका केही स्थान क्षतिः सिंचाई मन्त्रालय

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले सिक्टा सिँचाई आयोजनाको मुल नहरको ३५ किलोमिटरसम्म निर्माण सम्पन्न भएपछि परीक्षणका लागि पानी पठाउने क्रममा केही स्थानमा क्षति पुगेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा क्षति भएको विषयमा मन्त्रालय तहबाट निरीक्षण भई निर्माण कार्यको जिम्मा लिएको ठेकेदार कम्पनीलाई चाँडै मर्मत सुधारका लागि निर्देशन दिने काम भएको जनाएको छ ।

मन्त्रालयले आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको शाखा नहरहरुको निर्माणको क्रममा सिधनिया शाखा नहरको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको र डुंडुवा शाखा नहरको निर्माण तथा पुनस्र्थापनाको कार्यका साथै पुर्वी मूलनहर निर्माणको कार्य समेत भइरहेको जनाएको छ ।

शाखा नहरहरुको निर्माणको लागि समेत आबश्यक तयारीका कार्यहरु भइरहेका विज्ञप्तिमा उल्लेख छ । जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाईले बाँकेको करिब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिचाइ सेवा पुर्याउने छ ।

Advertisement

Advertisement

Advertisement