पहिरोमा पुरिएर जाजरकोटमा ९ को मृत्यु

Advertisement

जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर एकै परिवारका ४ सहित ९ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेकाछन् । उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । उनीहरु सबै भेरी–३ खलंगा ठाँटी स्थित तिर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । खड्गबहादुर लुहारको भने जिवितै उद्दार गरिएको छ ।

तिर्थ बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पुरिएर मृत्यु भएको छ।

त्यस्तै कुशे–६ ढिमेका ११ वर्षीय नविन परियार, १३ वर्षीय नरेन्द्र परियार, नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दशर्क परियारको पनि पुरिएर मृत्यु भएको छ । अझै केही पहिरोमा पुरिएको आशंका गरिएको छ । हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement