सरकारले मैलिक हकसहितको सात वटा विधेयक संसदमा दर्ता गर्ने

Advertisement

काठमाडौं । आइतबार बसेको मन्त्रिपषिद्को बैठकले सातवटा विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको छ ।

संविधानले व्यवस्था गरेअनुरप बैठकले दुई वटा मौलिक हकसँग सम्बन्धितसहित सात विधेयक संसद्मा दर्ता गराउने निर्णय गरेको हो ।

सरकारले आगामि असोज २ गतेभित्र मौलिक हक सम्बनधी ३३ वटा कानुन बनाइसक्नुपर्ने छ । त्यस मध्ये १० वटा कानुन भने पूर्ण रुपमा नयाँ बनाउनुपर्ने छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सात विधेयकको मस्यौदा संसदमा पेश गर्ने निर्ण भएको जानकारी दिए ।

सरकारले संविधान अनुसार बनाउनुपर्ने सबै कानुन आगामी फागुनभित्र बनाईसक्नुपर्ने व्यवस्था रहेको छ । यसरी बनाउनुपर्ने कानुन एक सय १० वटा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement