एनआइसी एसिया क्यापिटलको पनि संध्याकालीन काउन्टर सञ्चालन

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले सन्ध्याकालिन सेवा सञ्चालन गर्दै आएको बेला सोही कम्पनीको सहायक कम्पनी एनआइसी एसिया क्यापिटलले पनि सेवाग्राहीहरुको सुविधाका लागि भन्दै सन्ध्याकालिन सेवा सुरु गरेको छ ।

सन्ध्याकालीन काउन्टरमार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समयभन्दा अतिरिक्त समय सेवाप्राप्त गर्न सक्ने छन् । एनआइसी एसिया क्यापिटलको बबरमहलस्थित कार्यालयमा आइतबारदेखि बिहीबारसम्म बिहान १०:०० बजेदेखि दिउसो ०३ः०० बजेसम्म तथा सन्ध्याकालिन काउन्टर दिउसो ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म र शुक्रवार बिहान १०:०० बजेदेखि दिउसो ०१ः०० बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो २ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म यो काउन्टर सञ्चालन गर्नेछ ।

आइताबारदेखि लागु हुनेगरि कम्पनीले सेवा सञ्चालनमा ल्याएको हो । यसमार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभांश विवरण, शेयर अभौतिकरण गर्ने, लगानी व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिकरुपमा प्रदान गरिनेछ ।

सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यो सेवाले कामकाजी सेवाग्राहीहरु त्था व्यस्त समयमा सेवालिन असुविधा हुने सेवाग्राहीहरुलाई विशेष उपयोगी हुने जनाइएको छ ।

हाल एनआइसी एसिया क्यापिटलले शेयर रजिष्ट्रार, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुतिकर्ता, लगानी व्यवस्थापन, परामर्श सेवा, म्युचुअल फण्ड जस्ता सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement