राष्ट्रिय सहकारी बैंक लिमिटेडको नाफा २९ करोड ५० लाख

Advertisement

काठमाडौं । सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४।७५ मा २९ करोड ५० लाख रुपियाँ नाफा कमाएको छ ।

बिहीबार बैंकको बार्षिक समिक्षा कार्यक्रका अवसरमा बैंकले गत आर्थिक वर्षको वित्तिय प्रगतीको बारेमा जानकारी गराएको हो । गत वर्षको कारोबारबाट बैंकले सरकारलाई ७ करोड ३९ लाख बराबरको कर भुक्तान गरेको छ ।

उक्त अवधिमा बैंकले २० अर्ब रुपियाँ निक्षेप संकलन गरी १३ अर्ब लगनी गरेको बैंकका प्रबन्ध सञ्चालक के. बी. उप्रतीले जानकारी गराएका छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले दशभरका ९ हजार ९ सय १२ वटा सहकारी संस्था सेयर सदस्य र १ अर्ब ४ करोड पूँजी संकलन भएको जानकारी गराएको छ ।

बैंकले आर्थिक बर्ष २०७३।७४ को नाफाबाट आफ्ना सेयर सदस्यहरुलाई १४ प्रतिशत लाभांश दिएको थियो । गत बर्षको नाफाबाट बैंकले १५ प्रतिशत लाभांश प्रदान गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement