सन नेपाल लाइफको नयाँ उप–शाखा रुकुममा, बीमा जागरण अभियान सञ्चालन

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रुकुम उपशाखाको उद्घाटन तथा बीमा जागरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतम, ब्राण्ड एम्बेसडर सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), मुसीकोट नगरपालिका उप–मेयर प्रेमकुमारी परियारलगायत सहभागी थिए ।

बीमा जागरण कार्यक्रममा बीमा अभिकर्ता, बिमितहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रुकुम उप–शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान पनि गरिएको कम्पनीले जनाएको छ । गत २०७४ फागुन १० गते प्रथम बिमा शुल्क २५ हजार ३७३ जम्मा गरी यस कम्पनीमा बिमा गराएकी बिमित गीता नेपालीको यही असार १३ गते हृदयघातको कारण मृत्यु भएकोे हुनाले मृतकको श्रीमान रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम तीन लाख रुपियाँको चेक गरिएको थियो ।

सल्यानमा आयोजित छुट्टै बिमा जागरण अभियानमा करिब तीनसयको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement