संसदिय समितिहरु सक्रिय हुँदै

Advertisement

काठमाडौं । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको ५ महिनापछि बल्ल संसदीय समितिहरू सक्रिय हुन थालेका छन् । साउन १७ गते दुबै सदनका संसदीय समितिहरू गठन भएपछि सोमबार देखी सक्रिय हुन थालेका हुन् ।

समिति संचालनका लागि आवश्यक नियमावली पारित भएको करिब दुई महिनापछि मात्र सदीय समितिहरू गठन भएका थिए । सोमबार प्रतिनिधिसभाका दशवटै विषय गत समितिले पहिलो बैठक बोलाएका छन्। यसअघि गत शुक्रबार नै पहिलो बैठक बोलाए पनि स्थगित गरिएको थियो ।

पहिलो बैठक परिचयात्मक हुनेछ। यस्तै, बैठकमा ज्येष्ठ सदस्यबारे जानकारी दिइनेछ। ज्येष्ठ सदस्यकै सभापतित्वमा पहिलो बैठक बस्ने जनाइएको छ । समितिको पहिलो बैठकपछि सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बस्नेछ। दलीय सहमतिमा सभापति चयनको प्रक्रिया समितिले सभामुखलाई जानकारी गराउनुपर्ने प्राबधान नियमावलीले गरेको छ ।

समितिको जानकारीपछि सभामुखले सभापति चयनको कार्य तालिका प्रकाशनका लागि सचिवालयलाई निर्देशन दिने अभ्यास छ। प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै समितिमा सत्तारुढ दलको सहज बहुमत छ ।

प्रतिनिधिसभाको दश विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति भने विपक्षी दललाई दिने परम्परा रहेको छ। तर, यसअघि भने सत्तारुढ दलहरुले नै बहुमतबाट सभापति चयन गरेका थिए। तत्कालीन नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा रहेको बेलामा माओवादीका डोरप्रसाद उपाध्याय समिति सभापति चयन भएका थिए ।

Advertisement

Advertisement

Advertisement