आँचलको पारिश्रमिक ५ लाख

Advertisement

नेपाली चलचित्रमा नायिका आँचल शर्मा पछिल्लो समय डिमान्डेड बन्दै गएकी छिन् । उनले छायांकनमा जान लागेको एक चलचित्रका लागि ५ लाख डिमाण्ड गरेकी छिन् ।

आँचलले आफूले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्विकार गरेकी छिन् ।उनले भनिन् (म भन्छु व्यक्तिगत सम्बन्धलाई व्यवसायिक सम्बन्धमा नजोडौँ । उनीहरुले मलाई नायिका भएकाले चलचित्रमा अफर गरेको हो, दिदीबहिनी भएर होइन । नत्र भने त आफ्नै घरको दिदीबहिनीलाई खेलाउँदा हुन्छ, पैसा पनि दिन पर्दैन।’

आँचलले आफूलाई अफर आएको चलचित्रमा आफ्नो भूमिका कमजोर भएको बताइन् । उनले भनिन् (चलचित्र निर्माण कम्पनी शक्तिशाली छ । यसैले मलाई लोभ लागेको हो । तर, त्यो हिरो केन्द्रित चलचित्र हो । यसैले चलचित्र हिट भएपनि मेरो नाम कहाँ आउँछ ।)

एउटा कलाकारले कि त राम्रो पैसा, कि त राम्रो भूमिका खोज्ने आँचलले बताइन् ।

आफू भोली चलचित्रको प्रमोशनमा पनि हिँड्नुपर्ने, आफ्नो अनुहार पनि प्रयोग हुने भएकाले ५ लाख महंगो नभएको उनले बताइन् ।

अब, कसैले डेढ-दुई लाखमा काम गर्न नसक्ने आँचलको भनाई छ ।

Advertisement

Advertisement

Advertisement