प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

Advertisement

काठमाडौं । अपहरणकारी र प्रहरीको भिडान्तका क्रममा भक्तपुरको थिमी प्रहरीले चलाएको गोली लागी दुई जना अपहरणकारी मारिएका छन् ।

प्रहरीका अनुसार आइतबार काँडाघारीबाट अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गोली लागी मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ।

बालकको अपहरण गरी आमा चमेली खड्कासँग ४० लाख रुपियाँ फिरौती माग गर्ने समूह मध्येकै दुईजनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

अपहरणमा परेका निशान खड्काको भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालकको फेला परेको थियो ।

इन्काउन्टरमा मृत्यु भएका दुईजनाको साथबाट उनिहरुले बोकेको मोवाइल र गोलीसमेत प्रहरीले बरामद गरेको छ ।

Advertisement

Advertisement

Advertisement