कृषि विकास बैंक र एफवान सफ्टबीच इन्टरनेट बैंकिङ सेवा सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । कृषि विकास बैंक र एफवान सफ्टबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौता पश्चात कृषि विकास बैंकका ग्राहकहरुलाई एफवान सफ्टले इन्टरनेट बैंकिङ सेवाको उपलब्ध गराउने भएको छ ।

इन्टरने बैंकिङ सेवाबाट बैंकका ग्राहकहरुले आफ्नो खाताको बारेमा पूर्ण जानकारी लिन, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्न तथा विभिन्न किसिमका बिलहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी व्यावसायीक प्रयोजनका लागि पनि इन्टरनेट बैंकिङमार्फत तलब व्यवस्थापन गर्न र दुइवटा हस्ताक्षरमार्फत चल्ने खाताको व्यवस्थापन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार इन्टरनेट बैंकिङ सेवामार्फत अन्य ४५ वटा बैंकहरुसँग अन्तरबैंकिङ कारोबार गर्न सक्ने तथा इ–सेवा वालेटमा रकम पठाउन सकिने छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement