एक अर्ब राजश्व संकलन

Advertisement

काठमाडौं । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४÷७५ मा एक अर्ब १३ करोड ९३ लाख रुपियाँ राजश्व संकलन गरेको छ ।

विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो ।

विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आर्थिक वर्ष २०७४÷७५ मा पाँच सय ६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन लागि अनुमति र नवीकरण गरेको हो ।

विभागले खानी खोजतलासका लागि एक सय ३९ कम्पनीलाई प्रमाणपत्र, दुई सय २६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ ।

विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खनिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताए ।

प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलामखानीको मापन सम्पन्न तथा महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइसकेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement