प्रियंकालाई बलिउड भन्दा हलिउड प्यारो

Advertisement

एजेन्सी । प्रियंका चोपडालाई अब बलिउडभन्दा हलिउड प्यारो बनेको छ । एउटा नयाँ हलिउड फिल्म हात पारेपछि उनले बलिउडका ठूलाठूला अफर पनि रिजेक्ट गरिदिएकी छन् ।

पछिल्लोे समय प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ लाई छाडेकी थिईन् । यस विषयमा अहिलेसम्म पनि चर्चा भइरहेको छ । प्रेमी निक जोनससँग बिहेको तयारीमा रहेकाले सो फिल्म छोडेको बताइए पनि पछि यो असत्य सावित भयो ।

उनले क्रिस प्रेटको प्रमुख भूमिका रहेको हलिउड फिल्म ‘काउव्वाई निञ्जा बाइकिङ’ हात पारेपछि ‘भारत’ लाई लात मारेकी थिइन् ।

अहिले फेरि उनले भेट्रान निर्देशक सञ्जय लिला भन्सालीको फिल्म पनि छाडेको खबर सार्वजनिक भएको छ ।

समाचार अनुसार यो फिल्म महिला ग्याङस्टर गंगूबाई कोठेबालीमा आधारित छ । यसमा भन्सालीले प्रियंकालाई प्रमुख भूमिकामा खेलाउने तयारी गरेका थिए ।

प्रियंकाले पनि सकारात्मक जवाफ दिएकी थिइन् । तर, जसै उनी नयाँ हलिउड फिल्ममा आवद्ध भइन्, भन्सालीको फिल्मबाट पनि हात झिकेकी छन् ।

Advertisement

Advertisement

Advertisement