से फोक्सुन्डो र मनाङमा रिसोर्ट नबन्ने, लगानी बोर्डको प्रक्रिया रद्द

Advertisement

काठमाडौं । पर्याप्त प्रस्ताव नपरेपछि से फोक्सुन्डो र मनाङमा विशेष प्रकृतिका रिसोर्ट सञ्चालनका लागि आह्वान गरिएको प्रस्ताव रद्द गरिएको छ ।

पर्यटन विकासको प्रचुर संभावना भएका से फोक्सुन्डो र मनाङमा रिसोर्ट सञ्चालनगर्ने योजना सहित लगानी बोर्डले गत जेठ ८ गते सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गरेको थियो ।

त्यससँगै देशका विभिन्न ठाउँमा ग्याँस उद्योगका सम्भावना अध्ययनको आशयपत्र पनि बोर्डले माग गरेको थियो । े से फोक्सुन्डोमा लक्जरी रिसोर्ट र मनाङमा स्की रिसोर्ट सञ्चालन गर्ने बोडको योजना थियो ।
तर, मंगलबार एक सुचना जारी गर्दै बोर्डले उक्त प्रक्रिया रद्ध भएको सार्वजनिक गरेको छ । उक्त परियोजनाको सम्भाव्यता अध्ययनका लागि पर्याप्त प्रस्ताव नपरेको भन्दै बोर्डले तत्कालका लागि उक्त प्रक्रिया रद्ध गरेको छ



पर्याप्त पर्यटकीय सम्भावना भएका तर सामान्य पूर्वाधार पनि नभएका त्यस्ता क्षेत्रमा रिसोर्ट सञ्चालन गरेर पर्यटन गतिविधि बढाउने लक्ष्यसहित बोर्डले सम्भाव्यता अध्ययनको योजना अघि बढाएको थियो । खर्चालु पर्यटकलााई प्राथमिकतामा राखेर सरकार तथा निजी क्षेत्रको समन्वयमा ती स्थानमा रिसोर्ट सञ्चालन गर्ने बोर्डको अवधारणा थियो । सरकारले जग्गा उपलब्ध गराउने र निजी क्षेत्रले संरचना निर्माण गरेर सञ्चालन गर्ने मोडलमा समेत बोर्डले छलफल अघि बढाएको थियो ।
त्यससँगै देशका विभिन्न ठाउँमा ग्याँस उद्योगका सम्भावना अध्ययनको लागि मागिएको आशयपत्र पनि बोर्डले खारेज गरेको छ ।

बोर्डले यी तीन परियोजना बाहेक एकिकृत कृषि परियोजना र स्वास्थ्य, शिक्षा तथा खेलकुद सहरको सम्भाव्यता अध्ययन गर्न पनि आशयपत्र माग गरेको थियो । यी परियोजनामा पनि पर्याप्त प्रस्ताव नपरेको र परेका प्रस्तावहरुरद्ध गरेको बोर्डले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement