स्वावलम्बन लघुवित्तद्वारा शाखा प्रबन्धकहरुलाई व्यवस्थापन तालिमको आयोजना

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना शाखा प्रबन्धकहरुको लागि यहि साउन २२ गते देखि २५ गतेसम्म लघुवित्तमा शाखा व्यवस्थापन तालिम प्रदान गर्ने भएको छ ।

लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसरहरुलाई शाखा स्तरमा केन्द्रीत गरी प्रभावकारी रुपमा शाखा व्यवस्थापन गर्न सहयोग पुर्याउन र व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

तालिममा लघुवित्त क्षेत्रका विज्ञ तथा संस्थाका आन्तरिक श्रोत व्यक्तिहरु र नियामक निकायका श्रोत व्यक्तिबाट लघुवित्त क्षेत्रका विविध आयाम र संस्था भित्रका चुनौति र अवसर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शाखा प्रबन्धकको काम, कर्तव्य, ग्राहक सुरक्षणका सिद्धान्तहरु, कर्जा जोखिम व्यवस्थापन साथै लघुवित्तमा नियमन व्यवस्थापनका विषयमा केन्द्रीत रही विभिन्न सत्रहरु संचालन हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement