एनआइसी एसियाकोे शाखारहित बैंकिङ सेवा म्याग्देमा

Advertisement

काठमाडौं । एनआइसी एसीया बैंकले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ सेवा साउन १८ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुकनारायण मल्लले गरेका थिए । बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।

सो सेवाबाट बैंकिङ कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य भएको छ । उक्त शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर दुई सय ३५ शाखा कार्यालयहरु, दुई सय २४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ ।

बैंकको वासलातको आकार एक सय ७६ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब एक सय २० अर्ब रुपियाँ र कुल निक्षेप करिब एक सय ४९ अर्ब रुपियाँ पुगिसकेको छ । हालसम्म बैंकको कुल ग्राहक संख्या करिब ११ लाख ७५ हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement