एनएमबी बैंकले १५ प्रतिशत बोनस पारित गर्न साधारणसभा बोलायो

Advertisement

काठमाडौं । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारितका लागि साधारणसभा बोलाएको छ । बैंकले एक अर्ब १४ करोड चार लाख ९३ हजार पाँच सय ९५ रुपियाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको छ ।

बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणागरेको भोलिपल्ट थप निष्कासन (एफपिओ) सबै बिक्री भएको थियो । एफपिओ बन्द हुने दिन मात्रै ७० हजार सात सय आवेदकबाट तीन अर्ब ९१ करोड ६१ लाख रुपियाँ बराबरको आवेदन परेको थियो ।

बैंकले चुक्ता पुँजी बढाउन प्रति किक्ता तीन सय ३३ दरका एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर एफपिओमा निष्कासन गरेको थियो ।

सो वितरणका लागि साधारणसभाबाट पारित गराउनुपर्ने भएकाले बैंकले साउन ३१ गते साधारणसभा बोलाएको हो । बैंकले चुक्ता पुँजीको शुन्य दशमलव ७८९५ का दरले हुन आउने छ करोड २५ हजार नौ सय ७९ रुपियाँ नगद लाभांस प्रस्ताव पनि स्वीकृत गराउने जनाएको छ । साधारणसभा स्टाफ कलेज जावलाखेलमा हुने बैंकले जनाएको छ ।

यस्तै बैंकको जारी पुँजी सात अर्ब ६० करोड ३२ लाख ९० हजार छ सय ३४ रुपियाँबाट बृद्धि गरेर आठ अर्ब ७४ करोड ३७ लाख रुपियाँ बनाउने प्रस्ताव पनि साधारणसभाबाट स्वीकृत गराइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement