सवारी साधनका लागि तेस्रो पक्ष बिमाको रकम दोब्बर गरिने

Advertisement

काठमाडौं । सरकारले तेस्रो पक्ष बिमा रकमलाई दोब्बर गराउने तयारी गरेको छ । सवारीधनीले सवारी दर्ता नविकरण गर्दा अनिवार्य रुपमा गर्नुपर्ने तेस्रो पक्ष बिमा रकम पाँच लाख रुपियाँबाट बढाएर १० लाख पुर्याउने भएको हो ।

बिमा रकम दोब्बर भएसँगै बिमाको प्रिमियम बढ्न गई सवारीधनीहरुले बार्षिक दर्ता नविकरण गर्दा तिर्नुपर्ने कर सहितको रकम पनि बुद्धि हुने भएको छ ।

सवारी साधान दुर्घटना हुँदा पीडित पक्षले पाउने तेस्रो पक्ष बीमा वापतको ५ लाख रुपैयाँ र घाइतेको उपचार खर्च वापतको बिमा कम्पनीबाट पाउने ३ लाख रुपैयाँलाई बढाउन यातायात व्यवस्था विभागले सार्वजनिक रुपमा प्रस्ताव माग गरेको छ ।

यातायात व्यवस्था विभागले तेस्रोपक्ष बीमा रकमको बृद्धिका लागि हाल प्रचिलित बीमा सम्बन्धी व्यवस्थामा के कति प्रिमियम रकम बृद्धि गर्न पर्छ भन्ने विषयमा बिमा कम्पनीबाट प्रस्ताव माग गरेको हो ।

दुर्घटनामा टाउको र स्पाइनल इन्जुरी भई सरकारी चिकित्सकको सिफारिशमा लामो समय पउपचार गराउनुपर्ने विरामीको हकमा ६ महिनासम्मको उपचारको लागि दिने रकम प्रमियम रकममा बहन गर्न सकिने रकमसहित प्रस्ताव माग भएको विभागले जनाएको छ ।

विभागले तेस्रो पक्षिय दुर्घटना बीमा रकम कम भएको महशुस गरेर यसलाई पुनरावलोकन गर्न लागिएको विभागको भनाइ छ । बीमा दावी रकम बढाउन प्रिमिय कति चाहिन्छ भनेर बीमा कम्पनीसंग विभागले १५ दिनको समय दिएर प्रस्ताव माग गरको हो । बिमा कम्पनीले गर्ने प्रस्तावमा तथा बिमा कम्पनीले पाउने प्रीमियको आधारमा रकम बढाउन सकिने जानकारी विभागले दिएको छ ।

पछिल्लो समय यातायातमा सिण्डिकेट अन्त्य भएपछि पीडितले पाउने उपचार रकम कसले र कसरी दिने भन्ने विषयमा अन्योल भइरहेको अवस्थामा विभागले बिमा रकम बढाएर उक्त खर्च बिमा कम्पनीहरुबाट भराउने व्यावस्था गर्न लागेको हो । यस अघि यस्तो खर्च यातायात समितिहरुले आफ्नो कोषबाट व्यवहोर्ने गरेका थिए ।

Advertisement

Advertisement

Advertisement