सन्नी लियोनीको नामले दियो तनाव

Advertisement

एजेन्सिी । पूर्वपोर्नस्टार र हाल बलिउड अभिनेत्री सन्नी लियोनी फेरी विवादमा तानिएकी छिन् । यसपटक उनको वास्तविक नामलाई लिएर उनी विवादमा आएकी हुन् ।सन्नीको बायोपिक फिल्म ‘करनजित कौरःद अनटोल्ड स्टोरी’लाई लिएर उनी विवादमा तानिएकी हुन् ।

करनजित कौर सन्नी लियोनीको वास्तविक नाम हो । यस फिल्ममा सन्नीको बाल्यकालदेखि पोर्न स्टार र बलिउड अभिनेत्री बन्दा सम्मको कथा समेटिएको छ । यस फिल्मको र्टेलर ५ जुलाईमा रिलिज भएदेखि उनलाई उनका समर्थक र विरोधीले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् । फिल्ममा राखिएको नाम सन्नीको आफ्नै भएपनि ‘कौर’ शब्द पञ्जाबी सिख समुदायसँग जोडिएको उपनाम हो त्यसैले परिवार र समुदायको नाम बदनाम गरेको सन्नीलाई आरोप लागेको छ ।

शिरोमणि गुरुद्धारा प्रबन्धक समितिले फिल्मको नाममा आपत्ति जनाउँदै सन्नी लियोनीले फिल्ममा कौर शब्दको प्रयोग किन गरिन् भन्ने प्रश्न गरिएको छ ।

समितिका प्रवक्ता दलजित सिंह वेदीले एक अन्तर्वार्तामा भनेका छन्, ‘सन्नी सानोमा सिख भए पनि पछि धर्म परिवर्तनपछि इसाई भएकी हुन् । उनका श्रीमान् पनि इसाई हुन् । सिख धर्ममा सिंह र कौरजस्ता उपनामको महत्वपूर्ण स्थान छ । त्यसैले सन्नीले यो शब्दको प्रयोग नगरेको भए हुन्थ्यो ।’

फिल्मका निर्देशक आदित्य दत्तले भनेका छन्, ‘म सिख समुदायको भावनाको कदर गर्छु र आफैं एक सिख हुँ ।’ तर उनले चकित हुँदै भनेका छन्, ‘आजको एक्काइसौं शताब्दीमा समेत कसैले आफ्नो पारिवारिक नाम प्रयोग गर्दा विरोध भइरहेको छ ।’

सानोमा सन्नी पञ्जाबी समुदायसँग सम्बन्धित भए पनि हाल उनीसँग क्यानडा र अमेरिकाको दोहोरो नागरिकता छ । सन्नी लियोनीको बायोपिक करनजित कौर ः द अनटोल्ड स्टोरीको पहिलो सिरिज जी फाइभमा रिलिज भइसकेको छ ।

यो फिल्ममा सिख परिवारमा जन्मिएकी करनजित कौर उर्फ सन्नी लियोनी कसरी पोर्न इन्डस्ट्रीको सुपरस्टार बन्न पुगिन् भन्ने कथा छ । सन्नी लियोनी आफ्नो बायोपिकमा आफैँ काम गरिरहेकी छन् ।

Advertisement

Advertisement

Advertisement