भदौमा तीज व्यापार मेला आयोजना हुने

Advertisement

काठमाडौं । महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताइन ।

व्यापार मेला आगामी भदौ ७ देखि १० गतेसम्म स्थानीय भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीसहितका करीब २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने बताइएको छ । करीब एक लाख व्यक्तिले मेला अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने, मेहेन्दी लगाउने र कपाल कटाइको सुविधा रहेको केन्द्रकी अध्यक्ष थापाले बताइन । मेलाबाट प्राप्त आम्दानीको ५० प्रतिशत सामाजिक संघसंस्थालाई प्रदान गरिने बताइएको छ । विसं २०५४ मा स्थापना भएको उक्त संस्थाले महिलालाई विभिन्न सीपमूलक तालीम दिई उद्यमशीलता विकासमा टेवा पुर्याउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement