‘देउवा सरकारले नियुक्ति गरेकालाई हटाउने निर्णय उल्ट्याएकाले जोशीलाई सिफारिस नगरिएको’

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले नेपालको अग्रगामी परिवर्तनलाई आत्मासाथ गर्न नसक्ने एक मात्र संस्था न्यायपालिका भएको जिकिर गरेकी छन् ।

रफत सञ्चार क्लमा बुधबार उनले जनताको अभिमतबाट आएको सरकार र संसदको निर्णयलाई न्यायपालिकाले कुठाराघात गर्दै आएकाले अन्य संस्थाको पुनसंरचना जस्तै न्यायपालिकाको पनि पुनसंरचना गरिनुपर्ने बताइन ।

भुसालले बिगतको जस्तो यो सरकार कम्जोर नभएको बताइन । उनका अनुसार दुईतिहाई बहुमतको सरकारले आफूले चाहेको निर्णय लिनसक्छ । भुसालले संसदीय सुनवाई समितिले प्रधानन्यायाधीश नियुक्तिमा जनताको निवेदन र आफ्नो अनुसन्धानपछि दीपकराज जोशीलाई अनुमोदन नगरेको जिकिर गरिन ।

जोशीलाई सिफारिस गर्ने नगर्ने विषय संसदीय सुनवाई समितिको अधिकारको बिषय रहेको भन्दै उनले समितिको निर्णय सर्वोच्च अदालतको निर्णय जस्तै अन्तिम भएकाले यसमा प्रधानमन्त्रीलाई बीचमा ल्याउन खोज्ने प्रयास गलत भएको बताइन ।

भ्रष्टाचार र कमिसन हाम्रो देशमा संस्थागत बनिसकको भन्दै भुसालले सुशासन कायम गर्ने र गलत काम गर्नेलाई सरकारले छुट नदिने बताइन । बिगत देउवा सरकारले जाँदाजाँदै आचारसंहित बिपरित र गलत मनसायले गरेका नियुक्तिहरु वर्तमान सरकारले खोरज गर्ने अधिकार रहेको तर सोहीअनुरुप खारेज गरेता पनि न्यायालयले कार्यपालिका र ब्यवस्थापिकाभन्दा आफूलाई माथि राखेर निर्णय गर्नु गलत भएको बताइन ।

उनको भनाईअनुसार देउवा सरकारले नियुक्ति गरेकाहरुलाई हटाउने वर्तमान सरकारको निर्णयलाई उल्ट्याउने काम गरेकाले जोशीलाई प्रधानन्यायाधीसमा अनुमोन नगरिएको हो ।

Advertisement

Advertisement

Advertisement