सन्राइज बैंकका ग्राहकले ८४ वटा अस्पतालमा उपाचार गराउँदा छुट

Advertisement

काठमाडौं । सन्राइज बैंकका ग्राहकले स्वास्थ्य बीमा योजनाअन्तर्गत देशभरका ८० वटा निजी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । सम्झौताअनुसार ५ प्रतिशतदेखि २० प्रतिशतसम्म विशेष छुट पाउन बैंकले जनाएको छ ।

तोकिएका अस्पतालमा छुट पाउनका ग्राहकले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले एक वर्षसम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।

त्यस्तै बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाइटमा रहेको बैंकले जनाएकोछ ।

उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकले बैंकबाट एक लाख रुपियाँसम्मको स्वास्थ्य बीमा सुविधा तथा पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement