एलजीको मनसुन सेल अफर, २० प्रतिशतसम्म छुट पाइने

lg_tv_logo

काठमाडौं । एलजीले आकर्षक मनसुन सेल अफर ल्याएको छ । यस योजनाअन्तर्गत एलजीको वासिङ मेसिनहरुअन्तर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशत छुट पाइनेछ ।

यो योजना एक महिनामासम्म देशव्यापीरुपमा लागू हुने यसको नेपालको आधिकारिक बितरण सिजी इम्पेक्सले जनाएको छ । एलजीका विभिन्न मोडलका वासिङ मेसिन रहेको छ । जसमध्ये विभिन्न मोडलहरुमा ८ देखि १८ केजीसम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजीसम्मको लुगा केही समयमै सुकाउने सुविधा रहेको छ ।

nic-asia

मनसुन असारका कारण वर्षायाममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, खराब हुने समस्याहरुबाट मुक्ती पाउन सकिने कम्पनीको भनाई छ ।