नेपाल बङ्गलादेश बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच  बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैक र आइएमई लाइफ ईन्स्योरेन्स कम्पनीबीच बुधबार बैंकास्योरेन्स सेवासम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ र इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैकका सम्पूर्ण ग्राहकहरुले उसका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहजरुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement