नोट केरमेट गरेमा तीन महिनासम्म जेल बस्नुपर्ने

Advertisement

काठमाडौं। नेपाली नोटमा लेख्ने, कोर्ने तथा च्यातेर नष्ट गर्नेले तीन महिनासम्म जेलमा बस्नु पर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै नेपाली नोटमा कोर्न, लेख्न सावधान गराएको छ। राष्ट्र बैंकका अनुसार, कसैले बैंक नोटमा लेखे वा कोरे तीन महिना जेलसँगै पाँच हजार रुपियाँसम्म जरिवाना तिर्नु पर्ने हुन्छ।

यसैगरी अधिकार प्राप्त अधिकारीको आदेशबीना कसैले मुद्राको रुपमा ग्रह्य भएको बैंक नोट वा सिक्का जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्याते पनि तीन महिना जेल र पाँच हजार रुपियाँसम्म जरिवाना हुने ब्यवस्था गरिएको छ।
यसमा पनि

Advertisement

Advertisement

Advertisement