एनआइसी एसिया बैंककोे सत्रौं शाखा रहित बैंकिङ सेवा गुल्मीदरबारमा

Advertisement

काठमाडौं । एनआइसी एशिया बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित ठूलोपोखरामा शाखारहीत बैंकिङ सेवा सुरु गरेको छ । बैंकले शहरी तथा ग्रामीण क्षेत्रमासमेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने र गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरण गर्ने क्रममा यो सेवा सुरु गरेको जनाएको छ ।

शाखारहित बैंकिङ सेवाको उदघाटन गुल्मीदरबार ७ का वडाध्यक्ष हिराबहादुर खत्रीले गरे । उक्त सेवाको लागि बैंकले स्थानीय प्रतिनिधिको रुपमा खुमलाल अर्याललाई नियुक्त गरेको छ । शाखारहीत बैंकिङ सेवाबाट स्थानीयले गाउँमै सीमित बैंकिङ सेवा लिन सक्नेछन ।

यस सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम)को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement