उद्योगी व्यवसायीसँग सात करोड रुपियाँ चन्दा अशुल गर्ने पूर्वमन्त्री पक्राउ

Advertisement

काठमाडौं । विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इ पक्राउ गरिएको छ ।

हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय सदस्यद्धय मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यलयको विशेष टोलीसहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानको चान्नाखेलबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका प्रकाण्डले राजनीति गरेकै कारण सरकारले आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम गरेको जनाए । उनले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको बताए । आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement