चार बर्षपछि जनकपुरमा कुँद्यो रेल

Advertisement

जनकपुरधाम । जनकपुरमा चार बर्षपछि रेल सञ्चालन भएको छ । निर्माणाधीन जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षले गरेको हो ।

सन् १९९४ मा राणाकालिन सरकारले ब्रिटिस भारत सरकारलाई काठ पैठारी गर्न रेल बनाइएको जनकपुर–जयनगर रेलसेवा पुनर्निर्माण र विस्तारका लागि चार बर्षअघि सञ्चालन गर्न छोडिएको थियो ।

यस रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको हो । भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण सञ्चालन गरिएको छ ।

रेलमा भारतीय चालक र भारतीय प्राविधिकहरु रहेर परीक्षण सञ्चालन गरिएको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाका अनुसार आउँदो कात्तिकसम्म भारतीय पक्षले कुर्थासम्म रेल गुडाउने लक्ष्य राखेको छ ।

हाल निर्माणाधीन ६९ किलोमिटरको ब्रोडगेज मार्गमध्ये तीन किलोमिटर भारतमा र बाँकी खण्ड नेपालमा पर्छ । पहिलो चरणमा भारतीय कम्पनीले जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर ट्राक निर्माण गरेको छ ।

यस खण्डमा पुल–पुलेसा, रेल स्टेसन, हल्टको निर्माण पनि काम पनि करिव सकिएकोले दुई महिनाभित्र नियमितरुपमा रेल सञ्चालन हुनेछ । दोस्रो चरणमा अर्को बर्ष कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर र सन् २०१९ को अन्त्यसम्म बिजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटर रेलमार्ग सञ्चालनमा ल्याइने ओझाको भनाई छ ।

Advertisement

Advertisement

Advertisement