नेपाली हवाई यात्रुले पनि विदेशिहरुले सरह बीमा सुविधा पाउने

Advertisement

काठमाडौं । हवाई यात्रुप्रति कम्पनीहरुको दायित्व बढाउन सरकारले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकिकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ लाई बुधबार संसद् सचिवालयमा दर्ता गराएको छ ।

उक्त महासन्धि पारित भएमा नेपाललाई मन्ट्रियल महासन्धिको पक्ष राष्ट्र बन्ने बाटो खुल्नेछ । महासन्धि पारित भएपछि हवाई यात्रुको सुरक्षा सम्बन्धमा मन्ट्रियल महासन्धिबाट पारित सबै किसिमका बिमा सुविधा नेपाली हवाई यात्रुले प्रप्त गर्नेछन् ।

उक्त बिमा आन्तरीक उडानमा भने लागु हुने छैन । उक्त महासन्धिको पक्ष राष्ट्र नहुँदा नेपाली हवाई यात्रुले अन्तर्राष्ट्रिय उडानका क्रममा भएका जोखिममा प्रप्प्त गर्ने बीमा सुविधा निकै कम मात्र थियो । मन्ट्रियल महासन्धि अनुसार पछिल्लो पटक सन् २००९ मा व्यवस्था भएको बीमा सुविधाको लाभ अब नेपाली यात्रुले प्राप्त गर्न सक्ने भएका हुन् ।

महासन्धिमा उडानका क्रममा यात्रुको मृत्यु अथवा शारीरिक चोटपटक लागेमा एक लाख ५८ हजार तीन सय ४० हलर अर्थात एक करोड ७२ लाख ६९ हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै ब्यागेजको नोक्सानी, क्षति वा बिलम्ब भएमा एक लाख ७२ हजार रुपियाँ बीमा रकम पाउने व्यवस्था रहेको छ ।

उडान तालिका अनुसार उडान नभई यात्रामा ढिलाई भएमा छ हजार पाँच सय ७१ डलर अर्थात सात लाख १६ हजार रुपियाँ रकम बीमा बापत वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउनुपर्ने उक्त महासन्धिमा उल्लोख रहेको छ ।

मन्ट्रियल महासन्धि पहिलो पटक सन् १९९९ को मे महिनामा हवाई यात्रुको सुरक्षाका लागि क्यानडाको मन्ट्रियल सहरमा पारित गरिएको थियो । एक्त महासन्धिमा ५६ वटा धाराहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय उडान संगठनका एक सय ९१ सदस्य राष्ट्रमध्ये एक सय ३१ राष्ट्रले यो महासन्धिमा हस्ताक्षर गरेका छन् । यस अघि हवाई यात्रुको सुरक्षाका लागि वर्शा महासन्धि हहेग प्रोटोकलको सदस्य राष्ट्र बनेको भए पनि यी दुवै सन्धिहरु यात्रुमैत्री नहुँदा समस्या आएको भन्दै नेपालले मन्ट्रियल महासन्धिको पक्षधर राष्ट्र बन्न संसद्मा दर्ता गराएको हो ।

Advertisement

Advertisement

Advertisement