संस्थागत निक्षेपमा लुछाचुँडी नगर्न गभर्नर नेपालको आग्रह

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले संस्थागत निक्षेपमा लुछाचुँडी बन्द गर्न बैंकहरुलाई आग्रह गरेका छन् । संस्थागत निक्षेपका कारण ब्याज बढेको भन्दै उनले यस्तो निक्षेपमा लुछाचुँडी नगर्न आग्रह गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाजले गरेको कार्यक्रममा बोल्दै उनले बैंक र व्यवसायीहरुले यथार्थ कुरा नगरेर आफ्नो अनुकुल परिस्थितिको व्याख्या गर्ने गरेको आरोप समेत लगाए । पछिल्लो साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको अभाव र अधिकता दुबै समस्या भोगेको तर व्यवसायी र बैंकर दुवैले परिस्थितीको आफ्नो अनुकुल मात्रै चर्चा गर्ने गरेको बताए ।

‘बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले लगेनन्। अब अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गरिरहेका छन् ।’ उनले भने

उनले बैंकरले पनि पैसा बढि हुदा अर्थमन्त्रीलाई पैसा किन्दिन भन्दै गुहार मागेका बताए। अहिले फेरी अभाव भयो भनेर गुनासो मात्र गर्ने गरिरहेका उनले उल्लेख गरे।

‘राम्रो पढेका व्यक्तिहरु कार्यरत रहेको बैंकिङ क्षेत्रलाई पुलिसले जस्तो लौरो लिएर कठोर कदम चाल्नु पर्ने अबस्था नआहोस्’ उनले भने, ‘पुलिसले त्यसलाई लौरो चलाउँछ जो चोर फटाहा हुन्छ ।’

Advertisement

Advertisement

Advertisement